प्यूठानमा जिप दुर्घटना हुँदा नौजना घाइते
नेपालखोज
२०७९ भदौ ६ गते १५:०४

काठमाडौंमा । प्यूठानको कुडुलेमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ ।
दाङको भालुवाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लु.२ख ३५६९ नम्बरको जिप सरुमारानी गाउँपालिका ४, कुडुलेमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २० मिटर तल खसेको छ ।
चालकसहित १४ जना सवार जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी बताएको छ । घाइतेमध्ये ६ लाई उपचारका लागि बुटवल पठाइएको छ भने तीनजनाको प्यूठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया