शनिबार, जेठ ५, २०८१

७ अंकले नेप्से घट्दा १ अर्ब ७२ करोडको कारोबार

नेपालखोज २०७९ भदौ ६ गते १५:३७

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन सात दशमलव ७२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुनः सात दशमलव ३८ अंकले घटेर दुई हजार ५३ दशमलव १६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ९७ दशमलव ११ अंकमा झरेको छ ।

दुई सय २२ कम्पनीको ३१ हजार सात सय ९५ पटकको कारोबारमा ५२ लाख ३० हजार सात सय ६३ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण सोमबार कुल कारोबार रकम एक अर्ब ७२ करोड ६२ लाख ८७ हजार चार सय ३० रुपैयाँ पुगेको छ ।

नेप्सेमा सोमबार १३ समूहको कारोबार हुँदा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ४८ अंकले घटेर १३ सय ५६ दशमलव ४९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक २२ दशमलव ७६ अंकले घटेर तीन हजार सात सय ५२ दशमलव ६४ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि १६ दशमलव ७३ अंकले घटेर दुई हजार चार सय ५२ दशमलव ५३ अंंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ४७ दशमलव ३३ अंकले घटेर आठ हजार दुई सय १९ दशमलव ८९ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक पनि दुई दशमलव ९५ अंकले घटेर नौ हजार चार सय नौ दशमलव ३८ अंकमा झरेको छ । यसैगरी फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज अपरहेवाखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ७३ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबीएल समृद्धि फन्ड २ को प्रतियुनिट सेयर मूल्य ६ दशमलव ७५ प्रतिशतले घटेर सात रुपैयाँ ७४ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी सोमबार हिमाल दोलखा हाइड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय ३५ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड १८ लाख ७१ हजार तीन सय २६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया