कञ्चनपुरमा डिशहोम फाइबरनेटको सह-वितरण सोरुम

काठमाडौं । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले महेन्द्रनगर कञ्चनपुरमा पनि सह-वितरण सोरुमको विस्तार गरेको छ ।
सोरुम उद्घाटन डिशहोमका तर्फबाट रिजनल सेल्स म्यानेजर जेबी गुरुङ, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जोशीको उपस्थितिमा भएको थियो ।
लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको न्यु केदार इन्टरप्राइजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।
साउन २६ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ । एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको न्यु केदार इन्टरप्राइजले अब अझ बढी ग्राहकमाझ पुग्न पनि यस नयाँ सोरुमले मद्दत गर्ने न्यु केदार इन्टरप्राइजका सञ्चालक गोकुलदेव जोशीले जानकारी दिए ।








प्रतिक्रिया