शनिबार, वैशाख २७, २०८२

केन्याका लागि नेपाली टोलीको बिदाई

नेपालखोज २०७९ भदौ ६ गते १८:५१

काठमाडाैं । नेपाली क्रिकेट टोलीलाई केन्या भ्रमणका लागि क्यानले बिदाई गरेको छ । काठमाडौंको एक तारे होटेलमा एक कार्यक्रम गर्दै क्यानले नेपाली टोलीको बिदाई गरेकोे हो ।

नेपाली टोलीलाई क्यानका अध्यक्ष चतुर बहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशन सिंह, क्यानका सदस्य दुर्गाराज पाठक लगायतले बिदाई गरेका हुन् । 

केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोलि केन्या जाने छ ।

विदाई कार्यक्रमा अध्यक्ष चन्दले नेपाली टोली टि–२० विश्वकपको छनोटमा महत्वपुर्ण खेलमा युएईसँग पराजित भएसँगै छनोट हुन नसकेको स्मरण गरेका छन् । लिग २ का पछिल्ला दुई सिरिजमा नेपालले विर्सनलायक प्रदर्शन गरेको छ । त्यस्तै केन्या वरियतामा नेपालभन्दा तल भएता पनि नेपालको अभ्यासका लागि खेल्न तयार भएको पनि बताएका छन् । 

नेपालले टि–२० वरियताको सुधारका लागि केन्यासँग खेल्न लागेको र सुधार भएको खण्डमा नेपालले आउँदो टि–२० विश्वकप खेल्ने संभावना रहेको अध्यक्ष चन्दले बताए । नोभेम्बर १५ सम्ममा नेपाल टि–२० वरियतामा १२ भित्र पर्न सकेमा नेपालले आगामी विश्वकप खेल्न पाउँनेछ । यो सिरिजले प्रशिक्षकलाई खेलाडीको चिन्ने अवसरको रुपमा पनि अध्यक्षले लिएका छन् ।  

त्यस्तै प्रशिक्षक मनोज प्रभाकरले आफुहरुको दुई तीन दिनको छोटो तयारी राम्रो नै रहेको र केन्यामा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए । उनले कप्तानको विषयमा राम्रो रहेको बताएका छन् । 

कप्तान सन्दिप लामिछानेले केन्या भ्रमण आफुहरुका लागि महत्वपूर्ण रहेको र नतिजा पनि सुखद नै आउने बताए । त्यस्तै यस सिरिजमा नँया खेलाडीलाई मौका दिने र केही पुराना अनुभवि खेलाडीपनि पुनरागमन गर्नेमा विश्वास राखेका छन् । सबै खेलाडीले  नँया कुरा सिक्ने अवसर रहेको पनि बताएका छन् । कप्तानले आफु सीपीएल खेल्न जाने र नेपाल टि–२० लिग समयमै भएमा आफु खेल्ने बताए । 

प्रतिक्रिया