प्रिमियर लिग : म्यानचेस्टर युनाइटडले लिभरपुललाई हरायो

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । घरेलु मैदान वल्ड टाफोर्डमा युनाइटेडले पाहुना टोली लिभरपुलमाथि २–१ गोलको जीत दर्ता गरेको हो । युनाइटेडका लागि जाडोन सान्चोले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोल गरेको युनाइटेडले दोस्रो हाफमा १ गोल थप्दा १ गोल व्यहोरे पनि जीत निकाल्न भने सफल भयो । ५३ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । ८१औं मिनेटमा मोहम्मद सलाहले गोल फर्काएर लिभरपुललाई २–१ को अवस्थामा ल्याए पनि जीत दिलाउन असफल भए ।
जारी सिजनमा म्यानचेस्टर युनाइटेडले तेस्रो खेल खेल्दा पहिलो जीत निकालेको हो । युनाइटेड ३ खेलबाट ३ अंक जोड्दै १४ औं स्थानमा रहेको छ । यस्तै लिभरपुलले पनि स्पष्ट जीत निकाल्न सकेको छैन । ३ खेलमा २ खेल बराबरी र १ खेलमा पराजितसँग लिभरपुल २ अंकका साथ १६ औं स्थानमा छ ।
प्रतिक्रिया