शनिबार, जेठ ५, २०८१

२ अंकले नेप्से बढ्दा १ अर्ब ३३ करोडको सेयर किनबेच

नेपालखोज २०७९ भदौ ७ गते १५:४५

काठमाडौं । नेप्सेमा झिनो अंकले करेक्सन देखिएको छ । अघिल्लो दिन सात दशमलव ४१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने एक दशमलव ८५ अंकले बढेर दुई हजार ५४ दशमलव ९८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५८ अंकले बढेर तीन सय ९७ दशमलव ६९ अंकमा चढेको छ ।

दुई सय २२ वटा कम्पनीहरुको २७ हजार दुई सय दुई पटकको कारोबारमा ४० लाख ३१ हजार २५ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकारण मंगलबार कुल कारोबार रकम एक अर्ब ३३ करोड ३५ लाख ६० हजार आठ सय ५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंगलबार १३ वटा समूहको कारोबार भएकोमा सात वटा समूहको सूचक बढेर ६ वटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ९८ अंकले बढेर एक हजार तीन सय ६१ दशमलव ४७ अंकमा चढेको छ । जलबिद्युत समूहको सूचक शून्य दशमलव ६ अंकले बढेर २४ सय ५३ दशमलव ३८ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक आठ दशमलव ५८ अंकले बढेर नौ हजार चार सय १७ दशमलव ९६ अंकमा चढेकोमा ट्रेडिङ, उत्पादनमुलक, अन्य र लगानी समूहको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सुचक भने १४ दशमलव ७६ अंकले घटेर तीन हजार सात सय ३६ दशमलव ४८ अंकमा झरेकोमा फाईनान्स, निर्जीवन बिमा, होटेल तथा पर्यटन, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक घटेका छन् ।

नेप्सेमा आज रुरु जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय नौ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिद्धार्थ इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य ६ दशमलव ८८ प्रतिशतले घटेर आठ रुपैयाँ ९४ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी मंगलबार हिमाल दोलखा हाइड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय ३२ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड २१ लाख ८९ हजार सात सय ३७ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया