शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ६३४ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ ७ गते १६:१०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ६३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार ९ सय ४९ जनाको नमुना परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

२ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जनामा र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४१७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ४ हजार २२१ पुगेको छ ।

प्रतिक्रिया