शनिबार, जेठ ५, २०८१

भारतमा ८ हजार ५ सयभन्दा बढी कोरोना संक्रमण

नेपालखोज २०७९ भदौ ७ गते १७:०६

नयाँदिल्ली । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म आठ हजार पाँच सय ८६ जना कोरोना संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा ४ करोड ४३ लाख ५६ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात सोमबार प्रकाशित तथ्यांकअनुसार एक दिनमा ९ हजार पाँच सय ३१ जनामा संक्रमण देखापरेको थियो ।

दैनिक संक्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको सङ्ख्या ९६ हजार ५ सय ६ जना रहेका छन् । कोरोना सुरु भएबाट हालसम्म यहाँँ ५ लाख २७ हजार तीन सस ७० भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ३३ हजार ६ सय २४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रतिक्रिया