शुक्रबार, असार ६, २०८२

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ भदौ ८ गते १०:५८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया