कांग्रेस नेता सिटौलालाई कोरोना सङ्क्रमण

नेपालखोज २०७९ भदौ ८ गते १२:०७

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो।

नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईकाअनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन्।

कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकसमेत रहेका छन्।

प्रतिक्रिया