बेष्ट फाइनान्सले ल्यायो नयाँ बचत योजना
नेपालखोज
२०७९ भदौ ८ गते १४:३५

काठमाडौं । काठमाडौंको कमलादीमा केन्द्रीयकार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । बचत डबल गर्ने की तेब्बर भन्ने शिर्षकमा यो नयाँ योजना ल्याएको फाइनान्सले जनाएको छ । ग्राहकको रकमलाई सरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचत तर्फ पाँच वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ ।
त्यस्तै नौ वर्ष पाँच महिनामाजम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ । फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने पाँच वर्ष सात महिनामा डबल र आठ वर्ष १० महिनामा तेब्बर हुनेछ । यो विशेष बचत योजनामा सहभागीहुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटिएम सेवानिः शूल्कपाउने फाइनान्सले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया