बीओकेका ग्राहकलाई किम्चीमा ८ प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई आठ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात् ग्राहकहरुले किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाडाैंमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ आठ प्रतिशत छुट पाउन सक्ने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाडाैंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले हाल एक सय तीनवटा शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया