शुक्रबार, पुष ४, २०८२

मिलिनियम डलर राउन्ड टेबलका लागि रिलायन्स लाइफका दुई अभिकर्ता अस्ट्रेलिया प्रस्थान

नेपालखोज २०७९ भदौ ८ गते १९:०३

काठमाडौंं । मिलिनियम डलर राउण्ड टेवल २०२२ अष्ट्रेलियाको सिडनीमा यही अगष्ट महिनाको २८ देखि ३१ तारिखमा हुन गइरहेको एमडिआरटी मिटिङ २०२२ अष्ट्रेलियाको सिडनीका लागि छनौट हुन सफल भएका रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरु नमितता न्यौपाने र बिना कुमारी न्यौपानेलाई बुधबार एक समारोहका बीच कम्पनीको केन्द्रिय कार्यालयमा स्वागत गरी बिदाई गरेको छ ।

मिलिनियम डलर राउण्ड टेवलमा छनौट हुनको लागि जीवन बिमा कम्पनीका अभिकर्ताहरुले एक निश्चित स्तरको प्रिमियम, कमिशनको लेवल वा बर्षको आम्दानीको सीमा क्रश गर्नुपर्ने हुन्छ । यतिमात्र हैन यस कार्यक्रमको लागि छनौट हुन बिशेष नियमहरु कडाइका साथ पालना गरी व्ययसायिक उत्कृष्टता प्रदान गरेको समेत हुनुपर्छ । मिलिनियम डलर राउण्ड टेवल २०२२ अष्ट्रेलियाको सिडनीका लागि नेपालबाट रिलायन्स लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गरी २ जनाले भाग लिनेछन् भने २ जना रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ताहरु छनौट हुन सफल भएका हुन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सले आफनो सेवा यात्राको पाँचौ बर्षमा यति ठुलो सफलता प्राप्त गरी आफना अभिकर्ताहरुलाई मिलिनियम डलर राउण्ड टेवल २०२२ को सम्मेलनमा पाउदा कम्पनी आफना समस्त विमितहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छ र बिमितको इच्छा अनुसारको विभिन्न बिमा योजनाहरु समय सँगसँगै सार्वजनिक गर्दै जाने प्रतिबद्धता व्यक्त गर्छ । जीवन बिमा अनिवार्य छ तपाई र तपाईंको भविष्य सुरक्षितको लागि भन्दै बिमा अवश्य गरौं भन्ने सन्देश पनि दिन चाहन्छ , कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया