शुक्रबार, पुष ४, २०८२

अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वर पुगे बालेन्द्र !

नेपालखोज २०७९ भदौ ९ गते १२:०६

काठमाडौं । काठमाडौं माहानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शंखमूलको बर्गर हाउसको अन्डरग्राउन्डको अवलोकन गरेका छन् । साहको टोलीले आज (बिहीबार) अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वर क्षेत्रको अवलोकन गरेका हुन् ।

यस्तै उनले आजै बानेश्वरमा रहेको अल्फाबिटामा सार्वजनिक जमिन मिचेर बनाइएको संरचना र सडकमा गरिएको पार्किङका विषयमा चासो राखेका थिए ।

अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिकलगायत क्षेत्रमा महानगरको टोलीले अनुमगन गरिरहेको छ । बालेन्द्रले व्यावसायिक र घरबेटीलाई बेसमेन्ट पार्किङका लागि भन्दै घरबेटीलाई जानकारी गराउनुस् भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया