सोमबार, जेठ ७, २०८१

र्‍याप तीज गीत !

लोकराज अधिकारी २०७९ भदौ १० गते १३:०३

उस्ले पनि भन्छ
यस्ले पनि भन्छ
नियत सफा भए
देश पक्कै बन्छ
नबोल छाडा
काम गर कडा
मुख नगर छुचो
उठा केटो कुचो
बढार्दे फोहर
बनाइदे मोहर
हिँडेस् कानुन बुझी
न बहकिनु मु (बिप)
गरे काम राम्रो
समर्थन छ हाम्रो
बहकियो ‘हर्के’
ऊदेखि तर्के
फेसबुक तिर
तचाहिँ नफर्के
काममा दे ध्यान
यही हो महाज्ञान
मान्छे को चोला
भोलि के होला
अवसर छ हातमा
समर्थन छ साथमा
गर केटा गर केही त गर
नियम सबै बुझेर त अघि सर
सुनाइदे सबलाई मीठो-मीठो धुन
अघि बढ केटा बजा लौरी डाङ-डुङ ।

प्रतिक्रिया