रुसी सेनाको संख्या १० प्रतिशत बढाउन भ्लादिमिर पुटिनको आदेश

काठमाडाैं । रुसका राष्ट्रपतिले आगामी महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अहिले रुसमा १० लाखभन्दा बढी सैन्य कर्मचारी र करिब नौ लाख नागरिक कर्मचारीहरू छन् । देशभर ठूलो नगद प्रोत्साहनसहित सैन्य भर्ती अभियान तीव्र बनेको बेला भ्लादिमिर पुटिनले उक्त आदेश जारी गरेका हुन् ।
पश्चिमा अधिकारीहरूका अनुसार ६ महिनाअघि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि हालसम्म करिब ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएका छन् ।
हाल सेनामा मानिस भर्ती गराउनेहरू कारागारमा जाँदै कैदीहरूलाई स्वतन्त्रता र पैसाको आश्वासन देखाइ रहेका विवरणहरू सार्वजनिक भएका छन् ।
ब्रिटेनको रक्षा मन्त्रालयले दुई साताअघि एक विज्ञप्तिमार्फत् थुप्रै रुसी क्षेत्रहरूमा स्थापना भइरहेका स्वयंसेवी बटालियनहरू सेनाको नयाँ विभागको अंश हुनसक्ने जनाएको थियो । बीबीसी








प्रतिक्रिया