शुक्रबार, पुष ४, २०८२

सात लघुबिमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान

नेपालखोज २०७९ भदौ १० गते ९:४०

काठमाडाैं । बिमा समितिले सात लघुबिमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ । बिमा समितिले सार्वनिक सूचना जारी गर्दै नयाँ लघुबिमाको लाइसेन्स लिन चाहने जोसुकैलाई लघुबिमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो ।

बिमा समितिले प्रकाशन गरेको सूचना अनुसार ३५औं दिन दिनको १२ बजेभित्र दरखास्त पेस गरिसक्नुपर्नेछ । प्राप्त प्रस्ताव मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बिमा र चार वटा निर्जीवन लघुबिमालाई लाइसेन्स वितरण गरिनेछ ।

‘न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्‍याई बिमाको विकास तथा विस्तार गर्न
र नेपाल सरकारको आव ०७९/०८० को बजेट वक्तव्यको बुँदा नं ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघुबिमा कम्पनीको स्थापनाको कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाबाट देहायका सर्तहरूको अधीनमा रही प्रस्ताव पेस गर्न यो सूचना प्रकाशित गरिएको छ’ समितिले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया