शुक्रबार, पुष ४, २०८२

झाँक्री भन्छिन्- मेराे समर्थन मेयर बालेनलाई

नेपालखोज २०७९ भदौ १० गते १३:११

काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न भनेकी छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा नेतृ झाँक्रीले मेराे समर्थन मेयर बालेनलाई भन्दै ९ बुँदे आग्रह जारी गरेकी हुन् । उनले मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूची पनि प्रस्तुत गरेकी छन् ।

प्रतिक्रिया