शुक्रबार, पुष ४, २०८२

करेन्ट लागेर एकजनाको मृत्यु

नेपालखोज २०७९ भदौ १० गते १३:०५

झापा । मोरङको विराटनगर महानगरपालिका १ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार बिहान विराटनगर महानगरपालिका ११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।-रासस

प्रतिक्रिया