शनिबार, जेठ ५, २०८१

दक्षिण कोरियामा एकै दिनमा १ लाख १ हजार संक्रमित

नेपालखोज २०७९ भदौ १० गते १३:५९

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जना संक्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा शुक्रबार संक्रमितको सङ्ख्या घटेको देखिएको छ ।

योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ ।

अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जना संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । अघिल्लो हप्ता औसतमा एक लाख १४ हजार सात सय ६५ जना संक्रमित भएका थिए ।

अहिले संक्रमित अवस्थामै रहेका मध्ये पाँच सय ७५ जना गम्भीर अवस्थामा रहेका छन । ती मध्ये नौ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।

प्रतिक्रिया