शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ३२४ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ १० गते १६:४०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ३२४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।

मन्त्रालयका अनुसार ३ हजार ५ सय १५ जनाको नमुना परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जनामा र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४१८ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३ हजार ९४३ पुगेको छ ।

प्रतिक्रिया