बिमा समितिले थप सात वटा कम्पनीलाई लाइसेन्स दिने

काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले थप सात वटा लघु बिमा कम्पनीहरुलाई संचालनको लागि अनुमति दिने भएको छ ।
हाल नेपाली बिमा क्षेत्रमा १९ वटा जीवन बिमा, १९ वटा निर्जिवन बिमा र दुई वटा पुर्न बिमा सहितका ४० वटा बीमा कम्पनीहरु संचालनमा रहेकोमा समितीले शुक्रबार थप तीन वटा जीवन बिमा र चार वटा निर्जिवन बीमा कम्पनीहरुलाई संचालनको लागि अनुमति दिने प्रकृया सुरु गरेको हो ।
यसको लागि समितीले भदौ १० गते अर्थात आज शक्रबार सार्वजनिक सुचना जारी गर्दे ३५ दिन भित्रमा नयाँ बिमा कम्पनी खोल्न इच्छुक व्यक्ति संस्थाहरुसँग प्रस्ताव माग गरेको हो । न्युन आय भएका तथा लक्षित वर्गकाका जनतामा बिमाको पहुँच पुर्याइ बिमाको बिकास र बिस्तार गर्नको लागि आर्थिक बर्ष २०७९/०८० को बजेटको बुँदा ३२७ अनुसार लघुबिमा कम्पनीहरु सञ्चालनको लागि प्रस्ताव माग गरिएको समितीले जानकारी दिएको छ ।
प्रस्तावित नयाँ बीमा कम्पनीहरुको चुक्ता पुँजी ७५ करोड रुपैयाँबाट नघट्ने हुनु पर्ने छ । प्रस्तावित बिमा कम्पनीहरुको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुनुपर्ने छ । नयाँ बीमा कम्पनीहरु संचालन गर्नको लागि प्रस्ताव पेस गर्ने व्यक्ति तथा संस्थाहरुको कुनै पनि किसिमको कालोसुचीमा नपरेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन् ।
समितिले थप सात वटा लघु बिमा कम्पनीहरुलाई संचालनको लागि अनुमति दिए पश्चात नेपालमा कुल बिमा कम्पनीहरुको संख्या ४७ वटा पुग्ने छ । जसमध्ये जीवन बिमा कम्पनीहरुको संख्या २२ वटा र निर्जिवन बिमा कम्पनीहरुको संख्या २३ वटा र निर्जिवन बिमा कम्पनीहरुको संख्या दुई वटा हुने छ ।








प्रतिक्रिया