मदिरा खाएर श्रीमतीको हत्या !
नेपालखोज
२०७९ भदौ ११ गते १२:३१

झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेका झापा ६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
श्रीमतीको हत्या गरी फरार भएका उनलाई शनिबार बिहान ८ बजे नेपाल-भारत सीमा नजिकै कचनकवल १ बाट पक्राउ गरिएको पाठकले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया