भावी प्रधानमन्त्री प्रचण्ड नै हो : बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) नवनियुक्त उपमहासचिव शक्तिबहादुर बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्वीकार्य हुने गरेर मिल्ने दाबी गरेका छन् । आज (शनिबार) राजधानीमा आयोजित साक्षात्कारमा उनले अहिले सिट बाँडफाँडबारे गम्भीर रुपमा छलफल चलिरहेको र छिटै निष्कर्षमा पुगिने विश्वास दिलाए ।
उनले सिट बाँडफाँडबारे अहिले गठबन्धनमा आवद्ध दलहरुको तर्फबाट प्रस्तावमाथि छलफल भैरहेको सुनाए । उनले भने, ‘अहिले छलफल भैरहेको छ, अब यसबारेमा निष्कर्ष निकाल्छौं ।’
उनले सिट बाँडफाँडबारे हिजो स्थानीय तहको निर्वाचनमा पनि समस्या थियो र त्यसलाई हल गरिएको सुनाउँदै अहिले संघको निर्वाचनमा पनि सिट बाँडफाँड मिल्ने बताए । उनले भने, ‘गठबन्धन आजको आवश्यकत्ता हो कि होइन भन्ने कुरा पहिले बुझ्नुपर्यो। अहिले सबै दल गठबन्धन गरेर जाने निष्कर्ष निकालेका छन् । त्यसैले सिट बाँडफाँड मिल्छ ।’
उनले कांग्रेस १६५ सिटमै उम्मेद्धवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकोले सिट बाँडफाँड ठूलो समस्या नभएको जिकिर गरे । उनले माओवादी केन्द्रको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा आफूहरु चुनावमा सहभागी हुने सुनाए ।








प्रतिक्रिया