समानुपातिकतर्फ भाग लिनेका लागि दल दर्ताका गर्ने आज अन्तिम दिन
नेपालखोज
२०७९ भदौ १२ गते ७:४१

काठमाडाैं । समानुपातिकतर्फ भाग लिने राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आइतबार सकिँदैछ ।
निर्वाचन आयोगले शुक्रबारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलहरूको दर्ता सुरु गरेको थियो । जसअनुसार शुक्रबार, शनिबार र आइतबार दर्ता प्रक्रिया चल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले दिएको समयमा जनमत पार्टीले समानुपातिक तर्फ भाग लिने राजनीतिक दलको रूपमा पहिलो दर्ता गराएको थियो । निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म दर्ताका लागि निवेदन पेस गर्न पनि सूचना जारी गरेकाे थियाे ।
सम्बन्धित








प्रतिक्रिया