शनिबार, वैशाख २७, २०८२

नेपाल र केन्याबीचको तेस्रो टी-ट्वान्टी आज 

नेपालखोज २०७९ भदौ १२ गते ८:२१

काठमाडाैं । केन्या भ्रमणमा रहेको नेपाली टिमले आज घरेलुटोलीसँग तेस्रो टी २० क्रिकेट खेल्दै छ । ५ खेलको टी २० र ३ खेलको एक दिवसीयका लागि नेपाली टिम केन्या पुगेको हो ।

अहिलेसम्म २ वटा टी २० हुँदा पहिलो खेल नेपालले र दोस्रो खेल केन्याले जितेको थियो । योसँगै अहिले सिरिज १–१ को अवस्थामा रहेको छ ।

दुवै टिम आजको खेल जित्दै सिरिजमा अग्रता बनाउने लक्ष्यमा हुने छन् । नेपाल र केन्याबीचको खेल अपरान्ह पौने ४ बजे सुरुहुने छ ।  

प्रतिक्रिया