शनिबार, जेठ ५, २०८१

पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड : यसरी हेर्नुहोस् नतिजा

नेपालखोज २०७९ भदौ १२ गते १९:००


काठमाडौं । पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आइतबार प्राथमिक शेयर बाँडफाँड कार्य सम्पन्न गरेको हो ।

पिपुल्स पावरको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका एक हजार छ सय आठ तथा अन्य कारणबाट आवेदन रद्ध भएका तीन हजार पाँच सय चार बाहेक बाँकी रहेका योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ वटा मध्येबाट दुई लाख २९ हजार चार सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२,९४,६८० र दुई जनालाई थप एक कित्ता गरी जम्मा २२ लाख ९४ हजार छ सय ८२ कित्ता शेयर बाँडफाँड गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई श्रावण ३१ गते देखि भाद्र ०५ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर २४ लाख ६७ हजार चार सय कित्ता मध्ये सामुहिक लगानी कोषलाई पाँच प्रतिशत बराबर एक लाख २३ हजार ३ सय ७० कित्ता तथा कर्मचारीलाई पाँच प्रतिशत बराबर ४९ हजार तीन सय ४८कित्ता छुट्याई बाँकी रहेको २२ लाख ९४ हजार छ सय ८२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब सात दशमलव ३७ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया