मंगलबार, पुष १, २०८२

यमबुद्ध शान्ति दौड असोज १ गते हुने

नेपालखोज २०७९ भदौ १२ गते १९:२८


काठमाडौं । आगामी असोज १ गते शनिबार यमबुद्ध फाउन्डेशनको आयोजनामा चर्चित –याप ब्याटल तथा गायक स्व. यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा काठमाडौंमा ‘यमबुद्ध शान्ति दौड (–याली)’ कार्यक्रम आयोजना गरेको छ ।

यमबुद्ध फाउन्डेशनले आईतबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराएको हो । फाउन्डेशनका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले शान्ति दौड कार्यक्रममा काठमाडौंका मेयर बालेन शाह सहित खेलकुद तथा सांगीतिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको समेत सहभागिता रहने जानकारी दिइन् ।

अध्यक्ष अधिकारीले देशमा शान्ति, सुव्यवस्था र विकासको कामना गर्दै शान्ति दौड कार्यक्रम गर्न लागिएको बताइन् । उनले भनिन् ‘हाम्रो चाहना देशमा शान्ति होस्, प्रगति होस् भन्ने नै हो । यमबुद्धले समाजमा गरेका योगदानहरुलाई आम युवापुस्ता र सबैमा चिनाउन यस किसिमको कार्यक्रम गरेका हौं । फाउन्डेशनले आगामी दिनहरुमा सामाजिक सेवाका कार्यहरुलाई तीव्रता दिनेछ ।’
कार्यक्रमको सुरुवात नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट सुरु भई त्यहीँ नै समापन हुनेछ । कार्यक्रममा काठमाडौंका मेयर शाहको विशेष उपस्थिति रहने बताइएकाे छ ।

प्रतिक्रिया