मेगा क्यापिटलद्वारा तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

काठमाडौं । शेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा मेगा क्यापिटल लिमिटेडले गुणात्मक र परिमाणात्मक हिसावले आफूलाई अब्बल सावित गर्न सफल भएको जनाएको छ ।
सोहीअनुसार यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी शसक्तिकरणका लागि क्यापिटलले छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान घोषणा गरेको छ । कम्पनीले नारीहरुले आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने विश्वास कम्पनीले राखेको छ।
आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा शेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा न्युनतम तीन लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च छ । उक्त सेवा २०७९ भाद्र १२ गते देखी असोज १२ सम्म लागू हुनेछ ।
यस सेवामा एमएमसी पूर्ण रुपमा निशुल्क हुनेछ । सो सेवा आफुसँग भएको शेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिने । पिएमएसको सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईने छ । इच्छुक नारीहरुले उक्त सेवा सम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५६८ ०१–५३६२७७२ वा सिधा मेगा क्यापिटल मार्केटस लिमिटेडमा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।








प्रतिक्रिया