काठमाडौं ७ बाट प्रतिनिधि सभा सदस्यमा अर्यालकाे स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ७ बाट वरियन्ट कलेजका सहप्राचार्य प्रशन्न अर्यालले उम्मेद्वारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अर्यालले मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिने बताए ।
टोखा नगरपालिका–५ का स्थायी घर भएका अर्यालले क्षेत्र नम्बर ७ लाई नजिकबाट धेरै बुझ्ने मौका पाएकोले सोही क्षेत्रबाट उम्मेद्वारी दिन लागेको सुनाए । उनले भने,‘नजिकबाट धेरै बुझ्ने मौका पाएकोले त्यही अनुसार मैलै उम्मेदवारी दिन लागेको छु ।’ उनले आइतबार आफ्नो तेह्र पुस्ता र कुल देवतालाई साक्षी राख्दै उम्मेद्वारी घोषणा गरेका हुन् । ७ नम्बर क्षेत्रलाई मिनी नेपालको रुपमा चिनिने भन्दै उनले देशले नै आफ्नो क्षेत्रलाई ओझेलमा पारेको आरोप समेत लगाए ।
आफ्नो क्षेत्रले गत २०६४ सालदेखि कोही पनि स्थायी नेता नपाएको समेत उनले गुनासो पोखे । उनले भने,‘०६४ मा एक नेताले जितेर जानुभयो, त्यहाँ फेरि उहाँलाई निरन्तरता दिन सकिएन् त्यस्तै, ०७० र ०७४ सालमा फेरी अर्का एकजनाले जितेर जानुभयो तर उहाँको जनताको घाउँमा मलव लगाउन कतै सम्लग्नता पाइएन् ।’
उनले अरुले गर्देन भनेर चुप बस्ने हो भने देशको अवस्था कहिल्यै नफेरिने तर्क गरे । अर्यालले आफु दलको विकल्पको रुपमा राजनीतिमा होमिन लागेको सुनाए ।








प्रतिक्रिया