शुक्रबार, असार ६, २०८२

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ भदौ १३ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ६ सयले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ६ रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया