पर्यटनमन्त्री श्रेष्ठ र कतारका राजदुत हैलको शिष्टाचार भेट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन् ।
सोमबार मन्त्रालयमा भएको भेटमा उनीबीच नेपाल र कतारबीचपर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुई देशबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएकाे बताइएकाे छ ।
नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४६ बर्ष भइसकेको चर्चा गर्दे मन्त्री श्रेष्ठले दुई देशबिचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको बताए । दुई देशबीच पर्यटन प्रवर्द्धनका निम्ति सहकार्य गर्ने बारे उनीहरुबिच छलफल भएको थियो । आगामी नोभेम्बरमा कतारमा आयोजना हुने २२ औँ संस्करणको फिफा विश्वकप प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे पनि उनीहरुबिच छलफल भयो । नेपालको पर्यटन प्रर्वद्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको राजदुत हैलले बताए ।
नेपाल–कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे पनि उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान संचालन गर्नेबारे पनि छलफल भएको थियो । राजदुत हैलले मन्त्री श्रेष्ठलाई कतार भ्रमणको निमन्त्रणा दिएका छन् ।








प्रतिक्रिया