रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
नेपालखोज
२०७९ भदौ १३ गते २१:३७

काठमाडौं । रोमानिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २० वर्षीया पुन माया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाईदिन्छु प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्छ भनि विश्वास दिलाई पीडितहरूबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्क विहिन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।
सम्बन्धित








प्रतिक्रिया