आइतबार, जेठ ६, २०८१

पछिल्लो चौबीस घण्टामा २५७ संक्रमित थपिए

नेपालखोज २०७९ भदौ १४ गते १६:५०

काठमाडौं । नेपालमा पछिल्लो चौवीस घण्टामा थप २५७ जनामा कोरोना पुष्टि भएको छ । ३ हजार ९२१ जनाको परीक्षण गर्दा २५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् । ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया