मंगलबार, पुष ८, २०८२

नेपाल बैंकबाट आईपीओ भर्दा सि-आस्वा शुल्क नलाग्ने

नेपालखोज २०७९ भदौ १४ गते २०:३१

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पूरै छुट पाउने भएका छन् ।

बैंककाअनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्गप्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

विगत केही बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया