शुक्रबार, वैशाख १४, २०८१

‘जब तपाईंलाई सृष्टिको लय थाहा हुनेछ, अनि स्वाभाविक रूपमा आफ्नै ताल भेट्नुहुनेछ’

सदगुरु २०७९ भदौ १५ गते ५:०३

हामी यस्तो व्यवहार गरिरहेका छौँ कि मानौँ हामी यस धरतीको अन्तिम पिँढी हौँ । यदि हामीमा जीवन र भावी पिँढीको जीवनप्रति सरोकार छ भने, हामीले माटो र पानीको हेरचाह गर्नुपर्छ ।-आफ्नो परम-खुसीयालीको लागि सबैभन्दा जरूरी आधार हो- आफूभित्र आनन्द खोज्नु अनि आफ्नो सेरोफेरोमा रहेका सबैलाई आनन्दित बनाउनू ।

-अस्तित्वको विराट प्रकृति, सुन्दरता र ज्यामिति यस्तो छ कि यदि तपाईंले आफूलाई सही तालमेलमा राख्नुभयो भने, पूरै ब्रह्माण्डले तपाईंलाई उत्तर दिनेछ ।

-जब तपाईं जीवन र जीवन निर्माण गर्ने तत्त्वलाई वस्तुको रूपमा हेर्नुहुन्छ र प्रयोग गर्नुहुन्छ, तपाईंले यसको मूल्य चुकाउनुहुनेछ ।

-प्रेम भनेको अरू कसैलाई आफ्नो अंशको रूपमा समावेश गर्ने गहिरो चाहना हो । तपाईं अहिले जे हुनुहुन्छ, समावेशको माध्यमले त्योभन्दा अधिक हुन यो विशाल सम्भावना हो ।

-अधिकांश समय, तपाईंले जीवनको बारेमा सोचिरहनुभएको हुन्छ, जीवन बाँचिरहनु भएको हुँदैन- जीवन ऊर्जाहरूलाई भरपूर उल्लासले काम गर्न दिइरहनु भएको हुँदैन ।

-जे अहिले सबैभन्दा बढी आवश्यक छ, हामीले संसारमा त्यही गर्नुपर्छ ।

-अहिले जे सबैभन्दा आवश्यक छ, त्यो हो मानव चेतनाको विकास गर्नू । त्यो नहुने हो भने विज्ञान, प्रविधि, विकास, सबैकुरा व्यर्थ हुनेछ ।

-सृष्टिले तपाईंलाई जस्तो बनाएको छ, तपाईं आफैँमा पूर्ण जीवन हो । पूर्ण हुन तपाईंलाई कुनै सहायक चीजहरूको आवश्यकता पर्दैन ।

-जब तपाईं आनन्दित रहनुहुन्छ, तपाईंको कसैसँग मनमुटाव हुँदैन, अनि तपाईंले निकै अद्‌भूत कार्यहरू गर्नुहुन्छ ।

-यदि तपाईंले पर्याप्त ध्यान दिनुभयो भने, तपाईंलाई सृष्टिको लय थाहा हुनेछ, अनि स्वाभाविक रूपमा तपाईंले आफ्नै ताल भेट्नुहुनेछ ।

प्रतिक्रिया