वाग्मतीसहित ३ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर तर्फ अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेस, वाग्मती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश,वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया