एसिया कप टी-ट्वान्टी : बंगलादेशमाथि अफगानिस्तानको सानदार जित
नेपालखोज
२०७९ भदौ १५ गते ६:४९

काठमाडाैं । एसिया कप टी-ट्वान्टी क्रिकेटमा अफगानिस्तान सुपर फोरमा प्रवेश गरेको छ । समूह बीमा रहेको अफगानिस्तान लगातार दुई खेल खेल्दै सुपर फोरमा प्रवेश गर्ने पहिलो टिम बनेको हो ।
पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको अफगानिस्तानले दोस्रो खेलमा पछिल्लो संस्करणको उप-विजेता बंगलादेशमाथि ७ विकेटको जित दर्ता गरेको हो ।
बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर पूरा गरेको थियो । पहिला ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया