सोमबार, असार २३, २०८२

इंग्लिस प्रिमियर लिग : चेल्सी साउथह्याम्पटनसँग २–१ गोल अन्तरले पराजित

नेपालखोज २०७९ भदौ १५ गते ९:०३

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।

गयराति भएको चेल्सी साउथह्याम्पटनसँग २–१ गोल अन्तरले पराजित हुन पुग्यो । रहिम स्र्टलिङको गोलको मद्दतले २३औं मिनेटमा चेल्सीले सुरुवाती अग्रता भने लिएको थियो । उक्त अग्रता चेल्सीले ५ मिनेट पनि जोगाउन असफल रह्यो ।

२८ औं मिनेटमा साउथ ह्याम्पटनका रोमियो लाभियाले गोल गर्दै खेल बराबरी गरेका थिए । पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा एडम आर्मस्ट्रङले गोल गरेपछि साउथ ह्याम्पटनले २–१ को अग्रता लियो ।

दोस्रो हाफमा दुवै तर्फबाट थप गोल नभएपछ साउथ ह्याम्पटनले स्पष्ट ३ अंक लिन सफल भयो । साउथ ह्याम्पटन ५ खेलमा ७ अंकसहित तालिकाको सातौं स्थानमा छ भने समान खेलबाट समान अंक रहेको चेल्सी आठौं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत नै फुलह्यामले ब्राइटनमाथि २–१ गोल अन्तरको जीत दर्ता गर्दा क्रिष्टल र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै लिड्स र एभर्टनले पनि १–१ गोलेको बराबरी खेले ।

प्रतिक्रिया