शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा २७१ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ १५ गते १६:४७

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २७१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ९२० जनाको नमुना परीक्षण गर्दा २७१ जनामा कोरोना संक्रमण देखिएको हो ।

२ हजार ४८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा र १ हजार ४३५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७५ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३ हजार १९४ पुगेको छ ।

प्रतिक्रिया