सोमबार, असार २, २०८२

काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा निगमकाे नियमित उडान आजबाट

नेपालखोज २०८० भदौ १२ गते ९:०४

काठमाडाैं । नेपाल वायुसेवा निगमले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ ।  नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हाे ।

भैरहवाबाट मंगलबार साताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अहिले साताको एकदिन उडान गरेर माग र निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने उनले बताए ।

भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । जसका लागि निगमले गत भदौं १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।
 

प्रतिक्रिया