शुक्रबार, जेठ ३, २०८२

तत्कालीन सोभियत संघका पूर्वराष्ट्रपति गोर्बाचेभको निधन

नेपालखोज २०७९ भदौ १५ गते १७:१७

मस्को । तत्कालीन सोभियत सङ्घका पूर्वराष्ट्रपति मिखाइल गोर्बाचेभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको मस्कोस्थित अस्पतालका अधिकारीले बताएका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निधन भएको यहाँस्थित केन्द्रीय क्लिनिकल अस्पतालले बताएको छ ।

रक्तपात बिना नै शीतयुद्धको अन्त्य गर्न सफल तर सोभियत सङ्घको पतन रोक्न असफल नेता गोर्बाचेभ विश्वकै विशाल राष्ट्रको अन्तिम राष्ट्रपति रहेका थिए । संयुक्त राज्य अमेरिकासँग हतियार कटौती सम्झौता र पश्चिमा शक्तिराष्ट्रहरूसँगको साझेदारीमा विभाजित युरोपलाई एकताको सूत्रमा आबद्ध गर्न तथा जर्मनीको एकीकरणमा उनको योगदान स्मरणीय छ ।

अमेरिका राष्ट्रपति रोनाल्ड रेगन र जर्ज बुशसँगका शिखरवार्ता र तिनले आणविक हातहतियारको दुइदेशीय होडबाजी घटाउन मद्दत गरेकाले उनी विश्वरङ्गमञ्चमा सधैँ चर्चाको चुलीमा रहेका थिए ।

‘ग्लास्तोनास्तो पेरेस्त्रोइका’ का प्रवर्तक उनी देशको आन्तरिक सुधारका निम्ति थालेका कामका कारण अन्ततः विशाल सोभियत सङ्घलाई टुक्रिनबाट जोगाउन अक्षम भए । तानाशाही सोभियत राज्यको पतन, पूर्वी युरोपेली राष्ट्रहरूलाई रूसी प्रभुत्वबाट मुक्त गर्ने र दशकौंदेखि पूर्व–पश्चिम आणविक टकरावको अन्त्यको परिणामस्वरूप देशा १५ गणराज्यमा विभक्त भयो । सात वर्षभन्दा कम समय सत्तामा रहे पनि राष्ट्रपति गोर्भाचेभले परिवर्तनको रोमाञ्चक शृङ्खला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया