सिट बाँडफाँड कार्यदलकाे बैठक आज पनि बस्दै
नेपालखोज
२०७९ भदौ १६ गते ६:१८

काठमाडौं । सिट बाँडफाँडका लागि बनेकाे सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ । बुधबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो । बुधबार बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो ।
चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दाबी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका छन् ।
उनीहरुकोही पनि आफ्नो अडान छाड्न तयार रहेका छैनन् । कांग्रेसका नेताहरुले १०० सिटभन्दा एक पनि छाड्न नहुने अडान राखेका छन् । गठबन्धनतर्फ देउवा अलिकति लचिलो देखिएका छन् तर कांग्रेसकै अर्का पक्ष देउवासँग सहमत छैनन् ।
सम्बन्धित








प्रतिक्रिया