वाँणिज्य बैंक र विकास बैंकहरुलाई प्रतिवन्ध लगाईएका आयातमा एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिवन्ध लगाएको चार वटा वस्तुहरुको आयातमा एलसी अर्थात प्रतितपत्र नखोल्न निर्देशन दिएको छ । आज (बिहिबार) नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग लगायतका सम्पुर्ण प्रादेशिक कार्यालयहरु, विदेशी बिनिमय कारोबार गर्न अनुमती प्राप्त वाँणिज्य बैंकहरु र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकको यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
यो निर्देशन अनुसार गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा बैंकहरुले तत्काल एलसी खोल्न पाउने छैनन् । सरकारले गत सोमबार राजपत्रमा सुचना जारी गर्दे गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा २०७९ बैशाख १३ गतेबाट लगाएको प्रतिवन्धलाई २०७९ असोज २८ गतेसम्मको लागि निरन्तता दिने जानकारी दिएको थियो । सोही अनुसार राष्ट्र बैंकले बिहिबार परिपत्र जारी गर्दे यि चार वटा बस्तुहरुको आयातमा एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको हो ।
गत बैशाख १३ गतेबाट सरकारले गाडी, मोटरसाइकल, मोबाइल, मदिरा, कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र लगायतको बस्तुहरुको आयातमा प्रतिवन्ध लगाएको थियो । तर अहिले भने कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तासको आयात खुल्ला गरिएपनि गाडी, मोटरसाइकल, मोबाइल, मदिरा सहितका चार वटा बस्तुहरुको आयातमा लगाएको प्रतिवन्धलाई भने २०७९ असोज २८ गतेसम्म निरन्तरता दिईएको छ ।


प्रतिक्रिया