डिजेल र मट्टीतेल प्रतिलिटर ६ रुपैयाँले बढ्यो, पेट्रोल, ग्यास र हवाई इन्धनको भाउ यथावत्
नेपालखोज
२०७९ भदौ १६ गते २२:२१

काठमाडौं । डिजेल र मट्टीतेल प्रतिलिटर ६ रुपैयाँले बढेकाे छ । पेट्रोल, ग्यास र हवाई इन्धनको भाउ भने यथावत् रहेकाे नेपाल आयल निगमले जनाएको छ ।
निगमले बिहीबार राति १२ बजेबाट लागु हुने गरेर डिजेल १७८ रुपैयाँ प्रतिलिटर र मट्टीतेलको पनि प्रतिलिटर १७८ रुपैयाँ नै पुगेको निगमले जनाएकाे छ । त्यसैगरी पेट्रोल, आन्तरिक हवाई इन्धन तथा खाना बनाउने ग्यासको भाउ भने यथावत् नै रहेको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया