शनिबार, वैशाख २७, २०८२

बंगलादेश एसिया कपबाट बाहिरियाे, श्रीलंका सुपर चारमा 

नेपालखोज २०७९ भदौ १७ गते ६:२८

काठमाडाैं । श्रीलंका एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ । गयराति भएको खेलमा बंगलादेशमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै सुपर फोरमा प्रवेश गरेको हो ।

पराजित भएको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशले दिएको १८४ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरको ४ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो । श्रीलंकाको जीतमा कुशल मेन्डिसले सर्वाधिक ६० रनको पारि खेल्दा दासुन सनकाले ४५ रनको योगदान गरे ।

पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । यो जित पछि श्रीलंका सुपर फोरमा प्रवेश गर्न सफल हुँदा गत संस्करणको उप-विजेता बंगलादेश समूह चरणबाटै बाहिर भएको छ ।

अहिलेसम्म सुपर फोरमा पुग्ने तीन टिमको टुंगो लागेको छ । समूह एबाट भारत र श्रीलंकाले सुपर फोरमा स्थान पक्का गर्दा समूह बीबाट अफगानिस्तानले पक्का गरेको छ ।

आज पाकिस्तान र हंङकङबीचको विजेताले सुपर फोरमा स्थान पक्का गर्ने छ । सुपर फोरमा चार टिमले एक अर्कासँग खेल्नुपर्छ । 

प्रतिक्रिया