एकीकृत समाजवादीसँग एकता हुन्छ : प्रचण्ड
नेपालखोज
२०७९ भदौ १७ गते १०:५१

काठमाडाैं । नेकपा माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् ।
आज पार्टीको प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न सुर्खेत आइपुगेका प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
साथै उनले आफूले चितवन क्षेत्र नम्बर–३ बाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि प्रचण्डसहितका माओवादी नेता त्यता गएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया