गोल्डन ओक १२औं कृति अवार्डस्मा उत्कृष्ट मनोनयनको घोषणा

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको गोल्डन ओक १२औं कृति अवार्डस २०७९ को बिभिन्न ३१ वटा बिधामा परेको ४२५ मनोनयनहरु मध्ये हरेक बिधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु आज होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहबीच घोषणा गरिएको छ ।
उक्त कार्यक्रममा विज्ञापन व्यबसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । विज्ञापन व्यबसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको साझा कार्यक्रम गोल्डन ओक १२औं कृति अवार्डस् २०७९को तिन शिर्षक मध्ये मेनस्ट्रिम अन्तगर्तका बिधाहरुमा उत्कृष्ट-५,तथा टेक्निकल र क्याम्पेन शिर्षक अन्तगर्तका बिधाहरुमा उत्कृष्ट-३/३ छनौटहरुको घोषणा गरिएको हो ।
यस गोल्डन ओक १२औं कृति अवार्डस्मा ३१ वटा बिधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए । गोल्डन ओक १२ औं कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ । त्यसै गरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ पार्टनरका रुपमा मुक्तिनाथ बिकास बैक लि, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइ.टि.पि.एफ., प्रभु बैक, सफ्टी हाइजिन, सेल पे, र राष्ट्रिय बाणिज्य बैंक रहेकाछन् ।
गोल्डन ओक १२औं कृति अवार्डस २०७९को मुल समारोह होटेल सोल्टिमा भाद्र २५ गते शनिबार हुदैंछ । कृतिको टप फाइभ नोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइन खवर डट कम र हिमालय टिभि एचडिले गरेका थिए । कार्यक्रममा बाहौं कृतिका ट्राभल पार्टनर-गुरु ट्राभल्स र आन बिच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।


प्रतिक्रिया