अलपत्र गाईबाछाको उद्धारका गर्न नगरपालिकाले दियो एम्बुलेन्स

नेपालखोज २०७९ भदौ १७ गते १६:१७

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सडकमा अलपत्र परेका असहाय गाईबाछाहरुको उद्धार र दीर्घकालीन सेवामा समर्पित असहाय गाईबाछा संरक्षणका लागि एम्बुलेन्स प्रदान गरेको छ । एक विशेष समारोहबीच आज कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले उक्त एम्बुलेन्सको उद्घाटन गरेर त्यसको साँचो असहाय गाईबाछा संरक्षण अभियानलाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा संस्थाका संयोजक उत्तम पुडासैनीले अहिले अभियानको आश्रय स्थलमा २०० भन्दा ज्यादा गाईबाछा रहेको जानकारी जनाए । उपत्यकालाई असहाय गाईबाछा मुक्त क्षेत्रका रुपमा अनुवाद गर्दै कृषकलाई जिम्मेवार बनाउन समेय यो अभियान सकृय रहेको बताइएकाे छ । असहाय गाईबाछा संरक्षणसँगै त्यसको मलमुत्र र स्थानीय स्तरबाट उत्सर्जन भएका फोहोरबाट कम्पोष्ट मल बनाउने तथा विश्वव्यापी उष्णतालाई कम गर्न एकदिन एक विरुवा अभियानलाई समेत प्रवर्द्धन गर्दै आएको सो अवसरमा जानकारी जनाइएकाे छ ।

संस्थाका उपसंयोजक नानीकाजी गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षहरु हरिभक्त पुडासैनी, जयराम महत तथा पूर्व उपमेयर शान्ति नेपाल, आचार्य महेन्द्र भट्टराई, अभियन्ता कुमारराज सुबेदी, समाजसेवी दिपकसिं भण्डारी लगायतका बक्ताहरुले असहाय गाईबाछा संरक्षण अभियानले सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया