शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा २०६ संक्रमित, ३ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ १७ गते १६:४०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २०६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको नमुना परीक्षण गर्दा २०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जनामा र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३९८ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार ८९१ पुगेको छ ।

प्रतिक्रिया